केही समय अघिसम्म, ट्वीटर र एलन मस्क बीचको सम्बन्ध एकतर्फी प्रेममा परेको प्रेमीको जस्तै हुने गर्दथ्यो ।एलन मस्कलाई ट्विटर मनपर्छ, उनको यस प्लेटफर्ममा ८३.८ मिलियन फलोअरहरू छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीटसमेत गर्छन् ।युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्ला बारे ट्वीट गर्न प्रतिबन्ध लगाएको थियो किनभने उनको एउटा ट्वीटले टेस्लाको सेयरमा १४ बिलियन डलरको हानी भएको थियो ।मस्कले एकजना गुफा गोताखोरको बारेमा ट्विटरमा आपत्तिजनक टिप्पणी पनि गरे, त्यसपछि गोताखोरल