विराटनगर- कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रणमा राजनीतिक दलले साथले मात्रै प्रदेश सरकार सफल हुने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित राजनीतिक दलसँग प्रदेशस्तरीय सर्वपक्षीय छलफलका क्रममा मुख्यमन्त्री राईले कोभिडविरुद्ध तय गरिएका योजना सफल बनाउन दलको साथ आवश्यक रहने बताएका हुन्। चौतर्फी रुपमा कोभिड १९ विरुद्ध जनचेतना […]