बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् । बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी […]

सम्बन्धित सामग्री

वीरगञ्जमा खानेपानी हाहाकार, मेयरलाई बुझाइयो ज्ञापन

वीरगञ्ज – लामो समयको खडेरीपछि वीरगञ्जमा अहिले भएको खानेपानी समस्या समाधान गर्न माग गर्दै महानगरका मेयरलाई कांग्रेसले बुधबार ज्ञापन पत्र बुझाएको छ। महानगर प्रमुख राजेशमान सिंहलाई कांग्रेस पर्साले खानेपानी समस्या समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा वीरगञ्जवासीले आफ्नो घरमा जडान गरेका चापाकल वातावरणीय गर्मीको प्रभावले अधिकांश चापाकल सुकिसकेकाले नगरवासीमा खानेपानीको समस्या भइरहेको अवगत […]

खानेपानी समस्या समाधान गर्न सात दलको माग

काठमाडौँ – सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् । वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक […]

पाल्पाको पूर्वखोलामा खानेपानीको समस्या समाधान

पाल्पा । वर्षाैंदेखि खानेपानीको समस्या भोग्दै आएको पाल्पाको पूर्वखोला गाउँपालिकामा खानेपानीको समस्या समाधान भएको छ । ‘एक घर एक धारा’ अभियानले सार्थकता पाएसँगै पानीको समस्या समाधान भएको हो । दुई घण्टा हिडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने खानेपानी पुगेपछि बसाई सराईको क्रम घटेको छ । लुम्बिनी प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाले ५०/५० प्रतिशत लगानीमा […]

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सुर्खेत :  कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ।खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो। संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइप लाइनमाथि पहिरो खस्दा झन्डै रु १० लाखको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो।उक्त समस्या समाधान हुने बित्

धरानमा हर्क साम्पाङले जितेपछि खानेपानी पाउने आशा

खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा धरानका मतदाता देखिएका छन् । राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न सकेनन् । खानेपानीको स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतको सही परिचालन हुन नसकेको साम्पाङको भनाइ थियो । उक्त व्यवस्थापन आफूले चुनाव जितेर गर्ने उनको प्रतिबद्धता पनि थियो । तर, के अब खानेपानी समस्या समाधान गर्न उनी सक्छन् त ? यही प्रश्नका बी

भरतपुरमा दुई वटा खानेपानी आयोजनाको उद्घाटन

चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका –२९ मा खानेपानी समस्या समाधान हुने भएको छ । उक्त वडामा दुई वटा खानेपानी आयोजनाको मंगलबार नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले उद्घाटन गर्नुभएको हो । सबैभन्दा ठुलो समस्या खानेपानी रहेको बताउने स्थानीय ढोडेनि खानेपानी र चौकीडांडा खानेपानी आयोजनाको उद्घाटन भएसंगै खुसी भएका छन् ।

भोजपुर सदरमुकाममा खानेपानीको समस्या समाधान

भोजपुर । भोजपुरको सदरमुकाम तथा आसपासका क्षेत्रमा वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागतमा तीन भंगाले खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । भोजपुरमा मेलम्ची आयोजना झै लिइएको तीनभंगाले खानेपानी आयोजना सम्पन्न भएसँगै भोजपुर सदरमुकाम र आसपासमा देखिएको खानेपानीको समस्या […]

लिफ्टिङ आयोजनाबाट उजुङका २८४ घरमा खानेपानी सुविधा

१८ पुस, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका-१ उजुङमा खानेपानीको समस्या समाधान भएको छ । स्थानीय दुनदुरे खोलाबाट लिफ्टिङमार्फत पानी तानेर बस्तीमा पुर्‍याइएपछि २८४ घरको खानेपानी समस्या समाधान भएको हो । पहिले ३-४ गाग्री पानीका लागि दिन बित्ने गरेकामा अहिले धेरै सहज भएको स्थानीय लक्ष्मी कँवरले बताइन् । स्थानीय चुमा कुँवरका अनुसार नजिकका मुहान सुकेपछि पानी […]