चाडपर्व लक्षित सडक मर्मतसम्भार गरिने

चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय

सम्बन्धित सामग्री

चाडपर्व लक्षित सुरक्षामा ५० हजार प्रहरी खटिए

काठमाडौं : दशैँतिहार तथा छठ पर्वमा सर्वसाधारणको सुरक्षामा देशभर ५० हजार प्रहरी खटिएका छन्।नेपाल प्रहरीले देशैभर विशेष सुरक्षा योजना लागू गर्दै चाडपर्व लक्षित सुरक्षाकर्मी परिचालन गरेको हो। यो योजनाअन्तर्गत देशभर ५० हजार ५३० जना प्रहरी खटाइएको प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए।प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आइतबारदेखि नै देशैभरका प्रहरी एकाइमा लागू गर्न सूचना जारी गरेको छ।प्रहरी टोलीले आवश्यकताका आधारमा सीमानाका, यात्रु सहायताकक्ष, नागरिक

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

सुर्खेतमा चाडपर्व लक्षित सुरक्षा योजना

काठमाडौँ,७ असोज । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताएका छन् । दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लागुऔषधलगायका दुव्र्यसनीका घटना हुने, जुवातास, अवैध धन्दा जस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रणगर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले भने, “हामीले […]

बागमती प्रदेश प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।चाडपर्व शुरु भइसकेको अवस्थामा सो समयमा हुने अपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु

काभ्रेमा चाडपर्व लक्षित सुरक्षा तयारी सुरु

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चाडपर्व लक्षित सुरक्षा तयारी सुरु गरेको छ । नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने दुर्घटना न्युनिकरण र ट्रफिक व्यवस्थापन सम्बन्धमा आज पत्रकारसँग छलफल गरिएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले पत्रकारसँग सुझाव माग्नु भएको थियो भने ट्राफिक प्रहरीको भावी […]

चाडपर्व लक्षित बजार अनुगमन असोजदेखि

काठमाडौँ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुगमन गर्ने भएको हो । विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति व्यवस्थापनका बारेमा […]

असोजबाट चाडपर्व लक्षित  बजार अनुगमन हुने

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने भएको हो ।विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रक

धनकुटामा चाडपर्व लक्षित बजार अनुगम

धनकुटा, असोज १५ । दसैं तिहार नजिकीएसँगै धनकुटामा चाडपर्व लक्षित बजार अनुगम थालिएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, उद्योग वाणिज्य संघ र उपभोक्त अधिकारवादी संघ संस्थाले संयुक्त रुपमा बजार अनुगमन सुरु गरेका हुन् । दसैं तिहारको बेला हुने कालोबजारी, अखाद्य वस्तुको खरिद बिक्री लाई नियन्त्रण गर्न बजार अनुगमन […]

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्व मनाउन आग्रह गरेको छ ।शुक्रबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम कायमै रहेकाले सुरक्षित रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका हुन् ।सम्पूर्ण क्षेत्रमा सुरक्षित वातावरणको प्रत्याभूति एवं जनस्वास्थ्यका मापदण्ड पालना गर्दै, गराउँदै हर्ष उल्लासका साथ चाडपर्व मनाउन प्रशासनको आग्रह छ ।प्रशासन कार्यालयले चाड

चाडपर्व लक्षित बजार अनुगमन सुरु

७ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए । उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन […]