लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगन भएको छ ।
प्रदेशसभा सचिवालयले बुधवारका लागि बोलाइएको नवौं अधिवेशनको पाँचौं बैठक सभामुखको निर्देशनमा मंगलवार सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।
अर्को बैठक भदौ ३१ गते बिहीवार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार २ पटक स्थगन भइसकेको छ ।