काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरको जावलाखेल क्लबले रेलिगेशनको संकट टारेको छ। १२ औँ चरणमा आइतबार भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गर्दै आफूमाथि रहेको रेलिगेशनको दबाब हटाउँदै ए डिभिजनमा कायमै रहेको छ।जावलाखेलले १५ औँ मिनेटमा नै रुपबहादुर लामाको गोलमार्फत अग्रता लिएको थियो। लामाले कर्नरबाट सोझै गोल गरेका थिए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि थ