काठमाडौैं : महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले फाइनलमा स्थान बनाएको छ।दशरथ रंगशालामा शुक्रबार भएको खेलमा सविना खातुनको ह्याट्रिकमा बंगलादेशले ८-० को नतिजा निकाल्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो। बंगलादेश दोस्रो पटक महिला साफ च्याम्पियनसिपमा फाइनलमा पुग्न सफल भएको थियो।शुरुवातबाटै भुटानविरुद्ध आक्रामक देखिएको बंगलादेशले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो। बंगलादेशको जितमा सविना खातुनले ३ गोल गर्दा जहान सोप्ना, कृष्णारानी सरकार, रितुपर्णा र मसुरा प्रभि