बागलुङ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्लेमा चितुवाले आतंक मञ्चाएको छ। आइतबार बिहानैदेखि जंगलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीय तर्सिएका छन्। कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएको अवस्थामा देखिएको स्थानीयले बताएका थिए। आइतबार बिहान घरघरमै पुगेपछि स्थानीयले लखेटेका थिए।पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार नवराज रिमालले बताए। चितुवाले आक्रमण गर्ने त्रासले स्थानीय चिन्तित भएपछि प