इटहरी बजारमा एकाबिहानै चितुवा पसेपछि...

काठमाडौं : इटहरी उपमहानगरपालिकास्थित बजार क्षेत्रको बस्तीमा चितुवा पसेपछि स्थानीय त्रसित भएका छन्। इलाका प्रहरी कार्यालयका अनुसार उपमहानगरपालिका–६ स्थित जुट विकासमा सोमबार बिहान करिब साढे ५ बजेतिर चितुवा देखिएको हो। चितुवा नियन्त्रण नहुँदा सर्वसाधारण आतंकित बनेका छन्। स्थानीयवासीले तत्काल चितुवा नियन्त्रण गर्न माग गरेका छन्।  सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले चितुवा नियन्त्रणमा नलिउन्जेल सर्वसाधारणलाई घर बहिर निस्कन रोक लगाएको जानकारी दिए।कोशी टप्पु

सम्बन्धित सामग्री

आहारा खोज्दै मानव बस्तीमा चितुवा : पूर्वदेखि पश्चिमसम्म आतंक

काठमाडौं: पूर्वी नेपाल सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित जुट विकास क्षेत्र एकता टोलमा सोमबार बिहानै एक्कासी खैलाबैला मच्चियो। कारण थियो, चितुवा।राति नै गाउँ पसेको चितुवा बिहान करिब ५ बजेतिर खेत हुँदै घर वरीपरी दौडिन थालेपछि स्थानीय त्रसित भए। स्थानीयको होहल्लाले आत्तिएर चितुवा जुट विकासकै एक घरभित्र पसेको थियो। लगत्तै स्थानीयले सुरक्षाका लागि प्रहरी र स्थानीय प्रशासनलाई खबर गरे। बिहान ६ बजेतिर सूचना पाएलगत्तै जिल्ला वन कार्यालय, कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी

इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि…

इटहरी । इटहरीमा सोमबार बिहान व्यस्त बजारछेउ चितुवा देखाप-यो । सुरुमा त मर्निङ वार्क हिड्ने मानिसहरूले कुकुर भनेर वास्ता नगर्दा झण्डै आक्रमण गरेपछि मात्रै चितुवा रहेको थाहा पाइयो । मानिसहरूले हो–हल्ला गरेपछि इटहरी ९ मा देखा परेको चितुवा भागेर इटहरी ६ का नेरु चौधरीको घरको ग्राउण्डभित्र छि¥यो । इटहरीमा यसअघि कहिल्यै नदेखिएको चितुवा बजार क्षेत्रमै […] The post इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.

शहर पसेको चितुवाको इटहरीमा सकुशल उद्धार

३० जेठ, सुनसरी । इटहरी उमहानगरपालिकाका बासिन्दाको घरमा पसेको चितुवाको सकुशल उद्धार गरिएको छ । इटहरीके जुट विकास टोल आसपासमा चितुवा देखिएको थियो । चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो । चितुवालाई हाललाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी पठाइएको प्रहरीले जनाएको छ । चितुवा देखिएको क्षेत्रका बासिन्दा त्रसित थिए भने प्रशासनले […]

वन्यजन्तु आरक्षबाट चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासमा जंगली जनावर चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित भएका छन् । चितुवालाई समयमा नै नियन्त्रण गर्न नसकिएकाले सर्वसाधारण आतंकित हुन् । सोमबार बिहानै बाक्लो मानव बस्ती रहेको जुटविकास टोलमा चितुवा देखिएको स्थानीय लक्ष्मी गेलालले जानकारी दिनुभएकाे हाे । उहाँले चितुवालाई नियन्त्रण नगरेका कारण टोलबासीहरू ढोका बन्द गरेर घरमै बसेको बताउनुभएकाे […]

इटहरीमा एकाबिहानै बस्तीमा पस्यो चितुवा

इटहरी । इटहरीमा एकाबिहानै चितुवा देखा परेको छ । इटहरीको जुट विकास टोलमा बिहान ५ बजेतिर चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् । चेपमा लुकेर बसेको चितुवा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारी खटिएका छन् । त्यस्तै कोशी टप्पु वन्य जन्तु आरक्षबाट विज्ञ टोली पनि परिचालित छन् । […]

इटहरीको जुट विकास बस्तीमा चितुवा पस्यो

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित  बसोबास रहेको  क्षेत्रमा आज बिहान चितुवा पसेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार  इटहरी- ६ को जुट विकास क्षेत्रमा बिहानै चितुवा देखिएको थियो ।  बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् ।  चितुवा देखिएसँगै पक्रन नेपाल प्रहरी र...

सुनसरीको बजारमा चितुवा, स्थानीय त्रसित

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रमा चितुवा आएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उपमहानगरपालिका –६ स्थित जुट विकासमा चितुवा भेटिएको हो। सोमबार बिहान करिब साढे ५ बजे बजार क्षेत्रको मानव बस्तीमा चितुवा भेटिएको हो। बजार क्षेत्रमा चितुवा देखिएपछि स्थानीय त्रसित भएका छन्। चितुवा बस्ती डुल्न थालेपछि स्थानीयले प्रहरीलाई […]