राष्ट्रिय जनगणना–२०७८ सम्पन्न, जनसंख्या झण्डै तीन करोड पुग्ने

काठमाडौँ, १० मङ्सिर। नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको […]

सम्बन्धित सामग्री

कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक

धनकुटा : कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको हो।राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने ज

धनुषामा एक दशकमा एकलाख भन्दा बढी जनसंख्या वृद्धि

जनकपुरधाम – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार धनुषाको जनसंख्या साढे ८ लाख भन्दा बढी रहेको छ । यस जिल्लामा १० वर्षको अवधिमा एकलाख भन्दा बढीले जनसंख्या वृद्धि भएको हो । तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार धनुषाको कुल जनसंख्या ८ लाख ७२ हजार ७ सय १३ रहेको छ […]

जनकपुरधामको जनसंख्या २ लाख नजिक, १० वर्षमा ३९ हजार जनसंख्या थपियो

जनकपुरधाम – मधेस प्रदेशको राजधानी जनकपुरधामको जनसंख्या दुई लाखको नजिक पुगेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिजा अनुसार जनकपुरधाम उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ९५ हजार ४३८ पुगेको छ। पछिल्लो १० वर्षमा यस उपमहानगरपालिकामा ३९ हजार ३१ जना बढेका छन्। केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना ०७८ अनुसार जनकपुरधामको कुल जनसंख्या मध्ये १ लाख ४१७ […]

जुम्लाको जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत

जुम्ला : जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ।२०६८ को जनगणनाअनुसार  जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ थियो। १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ।यहाँ एक नगरपालिका र ७ गाउँपालिका छन्। ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ भने सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख गरिएको छ।चन्दननाथ

जुम्लाको जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत

जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्ष अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४ सय ५६ मात्रै वृद्धि भएको छ । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । चन्दननाथ नगर

सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

सप्तरी – सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा  घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ। जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय […]

सुनसरी धेरै जनसंख्या भएको पाँचौं जिल्ला, बार्षिक वृद्धिदर १.९४

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडाैं, मोरङ, रुपन्देही र झापा पछि सुनसरी जिल्लाको जनसंख्या धेरै देखिएको छ।...

दाङमा १ लाख २३ हजार जनसंख्या थपियो, सबैभन्दा बढी घोराहीमा

१३ माघ, दाङ । राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको जनसंख्या ६ लाख ७६ हजार दुई सय पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा जिल्लामा १ लाख २३ हजार भन्दा बढी जनसंख्या थपिएको हो । २०६८ सालको जनगणनामा दाङको जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ थियो । राष्ट्रिय जनगणना– […]

महिलाको जनसंख्या २.०८ प्रतिशत बढ्यो

काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा महिलाको जनसंख्या बढेको छ। महिलाको जनसंख्या २.०८ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। तथ्या‌क अनुसार कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष (४८.९६%) र १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेका छन् । दश वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जना भएकाेमा पुरुष र महिलाको हिस्सा क्रमशः […]

जनसंख्या ३ करोड ननाघ्ने

काठमाडौं, कार्तिक २६ । देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ। नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताएका छन्।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या […]