काठमाण्डाै - सडक निर्माणका क्रममा नेपाली बालकको ज्यान गएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको हो ।
दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा शुक्रवार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक ९ वर्षका पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका ...