सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपच