काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ। सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो।व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ। महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत