नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताएका हुन् । उनले एमालेले ५ बर्ष सरकार चलाउन पाउने हो भने अरु पार्टीले साइनबोर्ड झुन्ड्याउन सक्ने अवस्था समेत नहुने बताए । ‘एमालेले ५ वर्ष मुलुकको शासन व्यवस्था चलाउन पाउने हो भने अरु कुनैपनि पार्टीले पार्टीक