गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा अधिकतम एक अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्षका लागि बिहीबारदेखि प्रति कित्ता एक हजार रुपैया अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिभेन्चर) निष्काशन गर्न लागेको हो । सो मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ भने बाँकी रहेको ६० करोड रूपैँया बराबरको ६ लाख कित्ता व्यक्त