एमसीसी अब संसद्को जिम्मामा

काठमाडौं । लामो विवादपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीचको सम्झौता संघीय संसद्को प्रतिनिधिसभामा पेश गरिएको छ । सडकदेखि सदनसम्म चर्को विरोधबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार उक्त सम्झौता संसद्मा पेश गरेका हुन् । कार्कीले नै २०७४ भदौ २९ गते अर्थमन्त्रीका रूपमा नेपालका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतालाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुमोदनका लागि २०७६ असार ३० मा संसद्मा दर्ता गरेका थिए । तत्कालीन अर्थमन्त्री खतिवडाले संसद्मा दर्ता गराएकाले हालका अर्थमन्त्री जनार्दन शर्माले सरकारका तर्फबाट सभामा पेश गर्नुपर्ने भए पनि उनी उपस्थित नभएपछि कार्कीले पेश गरेका हुन् । संसद्को बैठक शुरू हुनेबित्तिकै नेकपा एमालेका सांसदहरूले रोस्ट्रम घेराउ गरेका थिए । त्यसपछि बैठक अघि बढाउँदै सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङ, एमालेका भीम रावल, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललाई बोल्न समय दिए । उनीहरूले एमसीसी प्रतिनिधिसभा बैठकमा पेश गर्न नहुने धारणा राखेका थिए । सभामुख सापकोटाले भने एमसीसी राष्ट्रिय महत्त्वको विषय भएकाले छलफल गर्नु उपयुक्त हुने बताए । सदनदेखि सडकसम्म तनाव एमसीसी सम्झौता पेश हुँदै गर्दा नयाँ बानेश्वर तनावग्रस्त थियो । सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले दर्जनौं सेल अश्रु ग्यास र पानीको फोहोरा फालेको थियो । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली चलाएको थियो । गठनबन्धनमा मतभेद सत्तारूढका दलका कतिपय नेताले सहमति नभई सरकारले एमसीसी सम्झौता संसद्मा पेश गरेको दाबी गरेका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई प्रतिनिधिसभाबाट पास गर्ने कुरामा आपूmहरूको सहमति नभएको बताए । उनले भने, ‘एमसीसी पास गर्ने विषयमा हाम्रो सहमति छैन ।’ सत्तारूढ दलका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विवाद र विरोधबीच सरकारले एमसीसी सम्झौता पेश गरेको गुनासो गरे । उनले वक्तव्य सार्वजनिक गर्दै भनेका छन्, ‘विवाद र विरोधबीच सरकारले एमसीसी सम्झौता संसद्मा पेश गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ यस्तो छ, अबको प्रक्रिया ससंद्मा पेश भएसँगै अब एमसीसी सम्झौता अनुमोदनका लागि प्रक्रियामा गएको छ । उक्त सम्झौता लागू हुन संसद्को बहुमतले पास गर्नुपर्छ । अब बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल भएपछि निर्णयार्थ पेश हुँदा उक्त सम्झौताबारे टुंगो लाग्छ । एमसीसीका कतिपय विषयमा संशोधन पेश गर्न चाहने सदस्यले त्यस्तो संशोधन माग गर्न सक्छन् । संसदीय समितिमा छलफलका लागि एमसीसी सम्झौतालाई पठाइएको अवस्थामा केही दिन छलफलका लागि खर्चिनुपर्ने देखिन्छ । तर, सोझै सदनमा छलफलका लागि प्रस्ताव गरिएको अवस्थामा भने प्रक्रिया केही छोटो हुनेछ । एमसीसी पारित गर्ने समयसीमा निकट आइसकेका कारण सरकारले सकेसम्म सदनमै छलफल गराएर एमसीसी सम्झौतालाई निर्णयार्थ लैजाने बाटो अवलम्बन गर्न सक्ने देखिन्छ ।

सम्बन्धित सामग्री

एमसीसी र संसद्को व्याख्यात्मक घोषणा

नेपाली समाजमा लामो समय बहस र छलफल भएको तर संसद्मा भने खास बहस नभएको एमसीसी कम्प्याक्ट सम्झौता गाउँघरमा भने उडन्ते तरिकाले सनसनी भयो । राजनीतिक दलहरूले पनि राम्रोसँग व्याख्या गर्न जनतामा बेलैमा लगेनन् । जनतामा खास सत्य गएन । तर लिन हुँदैन भन्ने कुरा तलसम्म अतिशयोक्तिको रूपमा गयो । यसमा तीनथरी कुरा राजनीतिक वृत्तमा देखियो । पहिलो यो सम्झौता विकास अनुदान भएकाले जस्ताको तस्तै चाँडै अनुमोदन गरिनुपर्छ । यसमा खुला रूपमा खास गरी काँग्रेस र एमालेले आफू सत्तामा हुँदा पारित गर्न खुब प्रयत्न गरे; जसको

संसदबाट एमसीसी पारित भएसँगै अमेरिकाको स्वागत

काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ। अमेरिकाले संसद्को निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको […]

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।...

एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने भएको छ । यस्तो छ कार्यसूची ः:

आजको संसद्को कार्यसूचीमा एमसीसी नपर्ने

काठमाडौं, ४ फागुन । कार्यव्यवस्था तथा परामर्श समितिको आजको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने विषयमा छलफल भएको हो । बैठकमा उपस्थित भएका सहभागी दलहरूबीच सहमति जुट्न नसक्दा एमसीसी प्रतिनिधिसभाको आजको बैठकको एजेन्डा नबन्ने भएको छ । प्रतिनिधिसभाको बैठक अबको केही बेरमा बस्दैछ […]

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवा

एमसीसी र संसद्को अवमूल्यन

प्रतिनिधिसभा नेपाली जनताको सार्वभौम थलो हो । यहाँ चुनिएर आउने सांसदलाई जनताले विश्वास र भरोसा गरेर पठाएका हुन् । विशेषगरी मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो प्रतिनिधिसभा । तर, अहिले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौताको विषयलाई लिएर देखिएको विवादले जनताको सर्वोच्च निकाय संसद्लाई नै बद्नाम बनाउने काम हालका […] The post एमसीसी र संसद्को अवमूल्यन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपालबारे निर्णय लिन वासिङटनमा एमसीसी बैठक बस्दै

काठमाडौं : आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे सुरु भएको हो।हिउँदे अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के हुन्छ भन्ने आमचासो देखिएको छ।निर्धारित मितिभन्दा दुई साता पहिल्यै बोलाइएको संसद् बैठकमा एमसीसी मुख्य एजेन्डा हुने र संसदीय अनुमोदनको प्रक्रिया सुरु हुने आशंका गरिए पनि आजको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।एमसीसी सम्झौता गरिसक्नुपर्ने म्याद आजबाट सकिँदैमंगलबारबाटै एमसीसी सम्झौता गरि

एमसीसी अनुमोदन गराउन संसद्

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्न चासो बढाइरहेको पृष्ठभूमिमा सरकारले संघीय संसद्को बैठक बोलाएको छ ।