न्युयोर्क शहरका स्वास्थ्य अधिकारीहरूले शनिवार सार्वजनिक स्वास्थ्य संकटकालको घोषणा गरेका छन्। बढ्दो मंकिपक्स भाइरसको संक्रमणलाई लक्षित गरेर शहरमा स्वास्थ्य संकटकाल घोषणा गरिएको द गार्डियनले उल्लेख गरेको छ। न्युयोर्कलाई प्रकोपको ‘इपिसेन्टर’को संज्ञा पनि दिइएको छ।
मेयर एरिक एडम्स र स्वास्थ्य आयुक्त अश्विन वासनले गरेको घोषणामा शहरका करिब डेढ लाख बासिन्दाहरू संक्रमणको…