पानी पर्न कम भए पनि पहिरोको जोखिम कायमै

काठमाण्डाै - केही दिनयता मनसुन निष्क्रिय भएसँगै पानी पर्न कम भएको छ। केही दिनदेखि लगातारको झरी परेको छैन भने ठूलो वर्षा पनि भएको छ । तर, लगातार झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहेको मौसमविद् बताउँछन्। मौसमविद् राजु प्रधानाङ्गकाअनुसार यसपालि औसतभन्दा धेरै वर्षा भएकाले अहिले पानी नपरे पनि पहिरोको जोखिम भने उच्च छ। यसअघिकै वर्षाले जमिन गलिसकेकाले ठूलो वर्षा नभए पनि पहिरो जाने खतरा भने छ । अहिले पनि देशका केही ठाउँमा दिउँसो पछि पानी परिरहेकाले पहिरो जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले पा...

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडक: पहिरोको जोखिम उच्च

भरतपुर । सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ। भूगर्भविद् डा रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताए। “अहिले सडक विस्तार र […]

दोलखामा ठूलो वर्षा, बाढी पहिरोको जोखिम

काठमाण्डाै - पछिल्लो २४ घण्टामा दोलखामा ठूलो वर्षा भएको छ । दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाका कारण खिम्ती खाला, जिरी खोलालगायत तमाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको छ भने भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पहिरोको जोखिम क्षेत्रबाट बस्ती सार

हरेक वर्ष हुने गरेका मनसुनजन्य विपद्का घटनामा धेरै जनधनको क्षति हुने गरेको छ । विगत ११ वर्षको लामो फेहरिस्त सिंहावलोकन ग¥यौं भने पनि तथ्यांक आफैं बोल्छ । २०६८ देखि २०७८ सम्म भएका मनसुनजन्य विपद्का ५ हजार ८ सय २५ वटा घटनामा देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने करोडौंको नोक्सानी बेहोर्नुपरेको […] The post पहिरोको जोखिम क्षेत्रबाट बस्ती सार appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज पनि धेरै ठाउँमा पानी पर्ने, पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ । मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानी...

यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

काठमाण्डाै - प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ । कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

काठमाण्डाै - मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ  । गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा प...

विपद्मैत्री निर्माण नहुँदा पहिरोको जोखिम बढिरहेको छ

यतिबेला मनसुनजन्य घटनाहरू ठाउँठाउँमा घटि नै रहेका छन् । नेपालका कतिपय पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम बढिरहेको छ । मनसुन सक्रिय भइरहँदा पहिरोको जोखिम पनि उति नै छ । मनसुन सुरु भएको एक महिनामै पहिरोका कारण २४ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्षमात्रै पहिरोका कारण २१९ जनाले ज्यान गुमाएका छन् । […]

जथाभाबी खनिएका सडकका कारण पहिरोको जोखिम

ताप्लेजुङ - मापदण्डबिना नै खनिएका सडकका कारण ताप्लेजुङका विभिन्न गाउँहरु पहिरोको उच्च जोखिमा परेका छन् । ताप्लेजुङका ९ वटा पालिकाका ६१ वडामध्ये ५९ वडाहरु सडक सञ्जालमा जोडिएका छन् । ८ गाउँपालिका र एक नगरपालिकामा जताततै खनिएका सडकका कारण पहिरोको उच्च जोखिम बढेको छ । मापदण्ड बिना नै सडक खन्दा बस्ती जोखिममा परेका हुन् ।  मेरिङ्देन गाउँपालिका-६ नाल्बुका नेत्र नेपालीले घरमाथि खनिएको सडकका कारण पहिरोको जोखिम बढाएको बताउनुभयो । पानी परेपछि पहिरोको डरले रातभरि निन्द्रा नपर्ने उहाँले गुनासो गर्नुभयो ।  ...