काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो ।
युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे । नेबी केइटा र डिएगो जोटाले एक/एक गोल गरे । खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल अन्तरले पराजित भएको छ ।...