काठमाडौँ । सरकारले वन, कृषि तथा देवानीसम्बन्धी केही कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती क्षेत्रसँग सम्बन्धित विद्यमान कानुनका केही व्यवस्था अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको सिंहदरबारस्थित उच्च स्रोतले प्रशासनलाई बतायो। अध्यादेशमार्फत कुन-कुन ऐनका के-कस्ता व्यवस्था संशोधन गरिनेछन् भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। यसैगरी मन्त्रिपरिषद् बैठकले […]
काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले अत्यावश्यक सामग्री उपलब्ध […]
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका थियो। वर्षा र केही प्राविधिक कारणले निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी बिहान १० […]
बैठकमा टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या तथा चुनौतीको पहिचान गरी त्यसको समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा समेत जोड दिइएको थियो। विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय र व्यवस्थित बनाउने तथा टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकताका साथ छलफल गरिएको थियो।
नेपाल बार एसोसिएसनलाई उपेक्षा गरेर, स्पष्ट मापदण्डलाई पन्छाएर र संवैधानिक इजलास गठनलाई व्यक्तिको रोजाइमा छोडेर न्यायपालिकाको गरिमा र जनविश्वास जोगिन नसक्ने पनि दाबी गरेको छ ।