पाँचौ पटक म्याद थप्दासमेत सडक अलपत्र छोडेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राजमार्गको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक अलपत्र छाड्ने सूर्य कन्स्ट्रक्सनसँगको सम्झौता रद्द गरिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको राजमार्गको १४२ किलोमिटर सडक बागलुङमा पर्दछ । जसमध्ये बागलुङ सदरमुकामदेखि काँठेखोला गाउँपालिकाको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक […]