बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारको हेटौंडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालय प्रमुख बाबुराम खतिवडाले पेश गरेका हुन् ।
प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख प्रसाईंले अख्तियारले सुशासनका लागि धेरै महत्त्वपूर्ण र उल्लेखनीय काम गरेको बताए ।
अहिलेको समयमा अख्तियारले साना मात्र नभई ठूला समस्यासमेत बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताए ।