गण्डकीको प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन

पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले गण्डकी प्रदेश प्रमुख समक्ष आर्थिक वर्ष २०७८/७९ को ३२ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालय प्रमुख पार्वती शर्माले पेश गर्नुभएको सो प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियारले ‘साना माछा’ मात्रै हेरेर नहुने प्रतिक्रिया दिइन् ।‘ठूला माछा’ समाउन पनि  आग्रह गर्दै उनले प्रमाणका साथ मुद्दा चलाएर फैसला भए बमोजिम जरिवाना गर्नसकेमात्र  संस्थाप्रति विश्वास बढेर जाने बताइन्  ।  उक्त

सम्बन्धित सामग्री

प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन

गण्डकी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले  आयोगको आव २०७९-८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।  कार्यालय प्रमुख तिमल्सिनाले आव २०७९-८० मा छानबिनमा रहेका कूल एक हजार चार […]

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारको प्रतिवेदन : लकडाउनको बेला गण्डकीमा झन् बढी भ्रष्टाचार

पोखरा । चैत २०७६ देखि देशभर लकडाउन जारी भयो । लकडाउन अवधिभर गण्डकी प्रदेशका सरकारी कार्यलय पनि बन्द जस्तै थिए । अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालय पनि घरैबाट चले । तर, यो अवधिमा भ्रष्टाचारका घटना भने झन् बढेको प्रतिवेदन सार्जनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भ्रष्टाचारसम्बन्धी ९ सय ३२ […]

अख्तियारको प्रतिवेदन : बागमतीमा देशकै दोस्रो बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुख शर्मा समक्ष आयोगका प्रमुख अर्जुन कुमार शर्माले सोमबार आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पादन गरेका काम कारबाहीहरू समेटेर तयार गरिएको ३१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार प्रदेश प्रमुख समक्ष गत आर्थिक वर्षको प्रतिवेदन पेश गरेको प्रदेश प्रमुख कार्यालय हेट

स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियारको प्रतिवेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको छ । सोमवार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्दै  आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो । आयोगको एकतीसौँ वार्षिक प्रतिवेदन बारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षा तर्फका उजुरीहरू पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले स्थानीय तहमा अनियमितताका उजुरीहरू बढीरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरुको नजिकको सरकारमा  न

प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेश

बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारको हेटौंडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालय प्रमुख बाबुराम खतिवडाले पेश गरेका हुन् । प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख प्रसाईंले अख्तियारले सुशासनका लागि धेरै महत्त्वपूर्ण र उल्लेखनीय काम गरेको बताए । अहिलेको समयमा अख्तियारले साना मात्र नभई ठूला समस्यासमेत बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताए ।

राष्ट्रपतिलाई अख्तियारको प्रतिवेदन : ‘मन्त्रिपरिषदबाट हुने भ्रष्टाचार बढ्यो’

ठेक्का र खरिदका सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय गराई भ्रष्टाचार गर्ने प्रवृत्ति बढेको भन्दै अख्तियार