विश्व कप फुटबल : पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबल‍मा समूह 'एच' अन्तर्गतकाे दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  कतारको एजुकेसन सिटी स्टेडियममा गए राति  भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ ।  खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई ब...

सम्बन्धित सामग्री

रोनाल्डोले फेरी प्रशिक्षकलाई टेरेनन्

एजेन्सी – कतार विश्व कप फुटबल जारी रहँदा पोर्चुगिज फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो भने विवादका कारण चर्चामा छन् । स्विट्जरल्यान्डविरुद्ध मंगलबार भएको अन्तिम १६ को खेलमा रोनाल्डो पहिलो रोजाईमा पर्न असफल भएका थिए । सुरुवाती रोजाइमा पर्न असफल रोनाल्डो ७३ औं मिनेटमा जोआओ देलिक्सको सट्टा मैदानमा प्रवेश गरेका थिए । पोर्चुगल ६–१ ले विजयी […]

विश्व कप फुटबल : फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दै

काठमाण्डाै - कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज साविक विजेता फ्रान्स र पोल्यान्ड  तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन् ।  अल थुमामा मैदानमा हुने पहिलाे खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन् । यस्तै, दाेस्राे खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ।  फ्रान्स समूह 'डी' को विजेता र पोल्यान्ड समूह 'सी' को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण  पुगेको हो&nb...

विश्व कप फुटबल : फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन

काठमाण्डाै - विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।  अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्...

विश्व कप फुटबल : अर्जेन्टिना, पोल्यान्ड र अस्ट्रेलिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी&rsq...

विश्व कप फुटबलमा डेनमार्कलाई पराजित गरी फ्रान्स अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबल अन्तर्गत गएराति भएकाे समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ । जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ । फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ६१ औँ र ८६ औँ मिनेटमा गोल गरे । ६८ औँ मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन । विश्व कप फुटबल अन्तर्गत हिजै भएकाे दाेस्राे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई हराएकाे छ । पाेल्यान्डले साउदी ...

फिफा विश्व कप फुटबल आजदेखि : उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह 'ए' मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा इङ्ल्यान्ड, इरान, अमेरि...