पहिलो दिन ६०१ जना स्थानियले भरे मध्य भोटेकोशी जलविद्युतको आईपीओ

वैशाख २१, काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ ६०१ जनाले भरेका छन् । कम्पनीले आयोजना प्रभावित स्थानियमा कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।  कुल कित्ता मध्ये आयोजना क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,  बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घम्याङ्ग गाविस र मानेश्वर गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशत दरले ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पहिलो दिन आयोजना क्षेत्रका ६४ जनाबाट २० हजार ३०० कित्ताका लागि र सिन्धुपाल्चोक जिल्लाका अन्य ५३७ जना स्थानियबाट १ लाख ९ हजार ९८० कित्ता आईपीओ खरीदको आवेदन परेको हो ।  कम्पनीले स्थायिय वासिन्दाका लागि विक्री खुला गरेको यो शेयर छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ५ गते नै अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।  यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।  कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था (चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, र सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।  पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो ।  उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले स्थानिय सहित आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्न लागेको हो ।  कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित सामग्री

कहिले हुन्छ मध्य भोटेकोशीको आईपीओ बाँडफाँट ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो, कति दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।  कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो ।कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९०

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं, ११ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि ३२ गतेसम्म बिक्रि गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १८० कित्तासम्मका लागि आवेदकको माग बमोजिम शेयर बितरण गरेको छ । बैंकले १९० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये बाट २३ सय १३ जनालाई गोलाप्रथाबाट र थप १० कित्ताको […]

मध्य भोटेकोशीकाे आईपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले जारी गरेको आईपीओ बाँडफाँट भएको छ । आयोजना प्रभावित स्थानीयका लागि जारी गरिरहेको आईपीयो बाँडफाँट भएको हो ।

मध्य भोटेकोशीले आईपीओ विक्रि स्थगित गर्यो

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीय बासिन्दाको लागि विक्रिमा ल्याएको आईपीओ विक्रि स्थगित गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वैशाख २१ गतेबाट विक्रि खुल्ला गरेको आईपीओ परिस्थिति ठिक नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका ६० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो […]

मध्य भोटेकोशी जलविद्युतको आईपीओ आवेदन आइएमई पेबाट

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ आजदेखि

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये, १८ लाख कित्ता सेयर सिन्धुपाल्चोकका भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका स्थानीयलाई र बाँकी ४२ कित्ता सेयर जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाका स्थानीयलाई बाँडफाँड गरिनेछ।

खुल्यो मध्य भोटेकोशी जलविद्युतको आईपीओ, कति दिने आवेदन ?

मंगलवारदेखि (वैशाख २१) मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयका लागि मात्र ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । ६० लाख कित्तामध्ये ३०% ले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता शेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थ...

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने

मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्याइएको छ ।यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवा