लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना प्रविधि प्रतिष्ठानको विज्ञ सदस्यमा कमलबहादुर श्रीस थापालाई नियुक्त गर्नुका साथै प्रतिष्ठानका अस्थायी दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृति दिने निर्णय गरिए