हेटौंडा : वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ।
प्रदेशसभा बैठक आइतवार दिउँसो २ बजेका लागि तोकिएको छ। बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको छ। प्रदेशसभामा विषयगत मन्त्रालयको बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनायो।
प्रदेश सरकारले असार…