सिभिल बैंकले सञ्चालनमा ल्यायो पोखराको लेकसाइडमा एटीएम सेवा

काठमाडौं । सिभिल बैंकले कास्कीको पोखरास्थित लेकसाइडमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटीएम सेवाको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले एक कार्यक्रमबीच गरे । एटीएम सेवाको शुभारम्भ कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी […]

सम्बन्धित सामग्री

सिभिल बैंकको १०२ औं एटीएम चितवनको सौराहामा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम संचालनमा ल्याएको छ । उक्त एटीएमको समुद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् । एटीएम संचालन सँगै त्यस क्षेत्रका सेवाग्राहीलाई आवश्यक पैसा झिक्न सहज हुने भएको छ ।  करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले गत आषाढ मसान्तसम्म

सिभिल बैंकका ग्राहकलाई छुटै छुटको वर्षा

सिभिल बैंकले विभिन्न साझेदारसँगको समन्वयमा ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ ।बैंकका ग्राहकले ४० साझेदारबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरू पाउने व्यवस्था गरेको बैंकले जनाएको छ ।बैंकले विराट मेडिकल कलेज (मोरङ), निम्स नेशनल हस्पिटल (झापा), बिर्ता आई […]

सिभिल बैंकका ग्राहकलाई छुटै-छुटको वर्षा

काठमाडौं । सिभिल बैंक लिमिटेडले विभिन्न साझेदारहरुसँगको समन्वयमा ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ । सिभिल बैंकका ग्राहकहरुले ४० साझेदारहरुबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरु पाउने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले अन्नपूर्ण केबलकार, अतिथि रिसोर्ट […]

कृषि विकास बैंक र सिभिल अस्पताल बिच सम्झौता

कृषि विकास बैंक र निजामति अस्पतालबीच सम्झौता भएको छ । सम्झौतासँगै निजामति अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर सञ्चालन आउने भएको छ ।आगामी १० वर्षका लागि भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे […]

कृषि विकास बैंक र सिभिल अस्पताल बीच सम्झौता

असार २३, काठमाडौं । कृषि विकास बैंक र निजामति अस्पताल(सिभिल) परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्वन्धमा  बुधवार एक समारोहका बीच सम्झौता भएको छ ।  आगामी १० वर्षका लागि भएको  उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन्  । अस्पताल परिसरमा उक्त सेवा आगामी साउन महीनादेखि सञ्चालन हुने छ । उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख  गिरिधारी पौडेल, वाग्मति प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल,कृषि विकास बैंक नयाँ बानेश्वर शाखाका प्रबन्धकरमेश रावल, गट्ठा्घरका प्रबन्धक खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो । त्यसैगरीअस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख चुडामणी गौतम, कर्मचारी यूनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरुको  उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निजामति अस्पतालका उप–सचिव भोला चापागाईले गरेका थिए ।

सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुँदै

असार १५, काठमाडौं । सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै एटीएम स्विच अपग्रेड गर्न लागेकाले तीन दिन बन्द हुने जानकारी दिएको हो ।  कम्पनीका अनुसार असार १६ गते  ५ बजेदेखि १८ गते बिहान ५ बजे सम्म एटीएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने भएको छ । यस्तै सो मिति पश्चात एटीएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकाले असार १८ गतेदेखि असार मसान्तसम्ममा एटीएम टर्मिनलहरु  अवरुद्ध हुन सक्ने पनि कम्पनीले बताएको छ । सो अवधिमा कम्पनीको एटीएम कार्ड हिमालयन बैंक लिमिटेडको एटीएम टर्मिनलहरुबाट निर्वाध रुपमा नि : शुल्क प्रयोन गर्न सकिने कम्पनीले बताएको छ । साथै कम्पनीले कार्डलेस क्यास सुविधा पनि  अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।

सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने

काठमाडौँ । सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै एटीएम स्विच अपग्रेड गर्न लागेकाले तीन दिन बन्द हुने जानकारी दिएको हो ।

सिभिल बैंकको बचत र मुद्दतीमा सर्वाधिक ब्याजदर

सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ । बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।यस बचत खाताको न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ भने बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ […]

बचतमै १० प्रतिशत व्याजदर दिनेगरी सिभिलले ल्यायो ‘सगरमाथा खाता’

सिभिल बैंकले बचतमै १० प्रतिशत व्याजदर दिनेगरी ‘सगरमाथा बचत खाता’ योजना ल्याएको छ। वाणिज्य बैंकहरुले बचतमा दिने व्याजदरमध्ये यो सबैभन्दा धेरै हो। न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा पाउने छन्। त्यस्तै लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छूटका साथै…