नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेछ । अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । “ विस्तारै मनसुन भित्रिदै छ, नेपालमा आइ पुग्न एक–दुई दिन लाग्छ”–उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्षको मनसुन जुन १३ नजिक रहेको छ ।
नेपालमा यस वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको