साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

३० असोज, काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ । फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव

काठमाण्डाै - बङ्लादेशमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आउँदो असारमा गर्न प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता असार ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो । साफको प्रस्तावमा छलफल चलिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिएका छन् । १४औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित ७ देशको सहभागिता हुनेछ । माल्दिभ्समा भएको अघिल्लो संस्करणमा भुटान र पाकिस्तान सहभागी थिएनन् । १३औँ साफ च्याम्पियनसिपमा भारत विजेता र...

महिला साफ च्याम्पियनसिप फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै - नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह 'ए' को समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान खेल्दैछन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तै दोस्रो खेलमा बेलुकी साढे ५ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा प्रवेश गरिसकेका भारत र बङ्गलादेशबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ । समूह 'बी' बाट नेपाल र भुटान सेमिफा...

१ असोजदेखि दसैँका लागि टिकट बुकिङ खुला

दसैँमा घर जान चाहनेहरूलाई लक्षित गरेर १ असोजबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, उपभोक्ता मञ्च र नेपाल यातायात...

साफ च्याम्पियनसिप : नेपालले भारतलाई हराउनै नसक्ने हो त ?

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समय आउनुपूर्व नै नेपाली टोलीका लागि मुख्य टाउको दुखाइको विषय हुन्छ भारतलाई कसरी हराउने ?  नेपालको पुरुष या महिला दुबै टोलीको लागि भारत बलियो प्रतिद्वन्द्वी हो । छिमेकी मुलुक भएका कारण राजनीतिक रुपमा पनि नेपाल र भारतको कुरा बेला–बेलामा जोडिन्छ । त्यसैले, नेपाली टोलीका लागि अन्य टिमसँगको खेलभन्दा भारतसँगको खेललाई विशेष महत्वका रुपमा लिइन्छ । नेपाली महिला टोलीको साफ सपनाको बाधक अहिलेसम्म भारत बनेको छ । नेपाल साफका चार फाइनल खेलमा भारतसँग पराजित

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै

काठमाडौं– साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ। भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो। त्यसैले आजको खेल निकै रोमाञ्चक मानिएको छ।

महिला साफ च्याम्पियनसिप: आजदेखि बन्द प्रशिक्षण सुरु हुने

काठमाडाैँ- घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपाली टिमले आज (सोमबार)देखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, […]

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अगाडि

भारत विरुद्धको मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको छ । दशरथ रंगशालामा भएको खेलमा  अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् ।

नेपाल–भारत मैत्रीपूर्ण फुटबल सुरु

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। कप्तान...

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने […]

यू–१५ साफ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै

काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले