मौसमी गर्मीसँगै बेइजिङमा कूटनीतिक सरगर्मी

सांघाई: मौसमले गर्मीयाम छोएसँगै तापक्रम बढ्दै गर्दा बेइजिङमा कूटनीतिक सरगर्मी पनि तातिँदो छ। मंगलबार मात्र बेइजिङमा राष्ट्रपति सि चिनफिङले चार देशका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट गरे। चिनियाँ प्रधानमन्त्री लि छियाङ्को निमन्त्रणामा थियानचिनमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको १४औँ एनुअल मिटिङ अफ न्यू च्याम्पियन (एएमएनसी) 'समर डाबोस'मा सहभागी हुन चीन पुगेका न्युजिल्याण्ड, बार्बाडोस, भियतनाम र मंगोलियाका…

सम्बन्धित सामग्री

भैरहवा विमानस्थललाई सेतो हात्ती बनाउने ?

नेपालमा निर्मित पूर्वाधारको उपयोगिताका बारेमा सरकारले गरेको अनुमान र अध्ययन हचुवा भएको कुरा भैरहवा विमानस्थलले प्रमाणित गरेको छ । अहिले त्यहाँबाट अन्तरराष्ट्रिय उडान ठप्प छ भने यसले कसरी ऋणको साँवा र किस्ता तिर्ला भनेर चिन्ता गर्न पनि थालिएको छ । हुन पनि ऋणबाट बनेका यस्ता आयोजना राम्ररी सञ्चालन हुन सकेनन् भने त्यसले मुलुकलाई खोक्रो बनाउने सम्भावना हुन्छ । भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल बन्दा स्थानीयमा जस्तो उत्साह देखिएको थियो, जसरी होटलहरू खुलेका थिए तिनमा अहिले निराशा देखिएको छ । राज्यको लगानीमात्रै होइन यसले व्यवसायीहरूको लगानीसमेत समस्यामा पर्ने देखिन्छ । एउटा मात्रै वायुसेवाले अन्तरराष्ट्रिय उडान गरेको भैरहवा विमानस्थलमा अहिले पनि मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटीका कारण जहाज अवतरण गर्न नसकेपछि उडान नै बन्द गरिएको छ । मौसममा सुधार आयो भने १५/२० दिनमा उडान नियमित हुन सक्छ । उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको थियो । यो कम्पनीले हाल भैरहवाबाट टिकट काटेका यात्रुलाई बस सटल गरेर काठमाडौंबाट उडान सेवा दिँदै आएको छ । भारत सरकारले जडान भइसकेको आईएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण भिजिबिलिटी कम हुँदा यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुन नसकेको हो । अहिले प्रवेश विन्दु विस्तार र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जडान गरिएको आईएलएस प्रविधि सञ्चालनमा ल्याउन पर्यटनमन्त्रीले प्रयास थालेका छन् । उनले भारतीय राजदूतसँग यसबारे छलफल गरेपछि भारतसँग छलफल अगाडि बढ्ने संकेत देखिएको हो । तर, भारतले सजिलै नेपालको प्रस्ताव स्वीकार्ने सम्भावना कमै छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि मुलुकमा दुईओटा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । तर, वर्षौंदेखि सिमरा प्रवेश विन्दुमात्र खुला भएका कारण विभिन्न मुलुकबाट नेपाल आउने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई दूरी र सञ्चालनको हिसाबले असहज हुँदै आएको छ । सरकारले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनओटै विन्दुका लागि कूटनीतिक तवरले भारतसँग पहल गर्दै आए पनि भारतले यसमा चासो दिएको छैन । अहिलेलाई कुनै एक थप प्रवेश विन्दु दिए भैरहवा विमानस्थल सेतो हात्ती बन्ने थिएन । तर, सामान्य प्रयासले भारतले सजिलै नेपालको माग पूरा गर्ने सम्भावना कमै देखिन्छ । मोहन महर्जन कीर्तिपुर, काठमाडौं

कोप–२६ : हिन्दू कुश हिमालय क्षेत्रका लागि किन महत्वपूर्ण?

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्वको भावी कूटनीतिक रणनीतिका लागि महत्वपूर्ण सम्मेलन कोप–२६ संघारमा छ। कार्बनडाइअक्साइडसहितका हरितगृह ग्यासको उत्सर्जन कटौती ठूलो मात्रामा नगरेसम्म विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न नसकिने लगातार सार्वजनिक भइरहेका वैज्ञानिक प्रतिवेदनहरुले औंल्याएका छन्। जलवायु परिवर्तनले निम्त्याउन सक्ने मौसमी तथा जलवायुजन्य अतिशय विषम घटनाहरुका प्रमाणहरु नेपालसहितका विश्वका देशहरुमा देखिएको […]