धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो।मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नागरिक उन्मुक्ती चिढिएको छ। नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो