न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि उक्त प्रसारण लाइनमा जोडिएको हो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यकाअनुसार नेपाल विद्युत् प्राधिकरणद्वारा पाँच दिनदेखि बिजुली उत्पादन परीक्षण गरेसँगै पाँच दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा आयोजनाको बिज