सुर्खेत– आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले कबिरामलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको […]
काठमाडौं- नेपाली काङ्ग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पुगेका छन् । आगामी १५ औँ महाधिवेशनको कार्यतालिका जारी केन्द्रीय कार्यसमिति बैठकबाट पारित गर्ने रणतीतिमा रहेका थापा र शर्माले कार्यवाहक सभापति खड्कालाई मनाउन उनको निवास गल्फुटारमा पुगेका हुन् । शुक्रबार बिहान नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा छलफल […]