धानमा बाला नलागेपछि माइतीघरमा किसानको प्रदर्शन

१६ कात्तिक, काठमाडौं । धानमा बाला नलागेको भन्दै किसानहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । काठमाडौं दहचोककी जयन्ती भण्डारी पनि प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिइन् । उमेरले ५१ वर्ष पुगेकी जयन्तीको हातमा किसानलाई राहात र उचित क्षतिपूर्ति देउ भन्ने नारा लेखिएको प्लेकार्ड थियो । कृषि पेशाको […]

सम्बन्धित सामग्री

खुमल –४ धानमा बाला लागेन, रैथाने बासमती लोप हुँदै

उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।

पोखरामा चैते धानको सफल परीक्षण

पोखरामा चैते–५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।चैते(५ लगाएका किसानहरू सन्तुष्ट बनेका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । पोखरा १३ को आर्वा फाँटमा यसको परीक्षण गरिएको थियो ।धानमा बाला राम्रो लागेकोले यो जातको धान लगाउने किसानहरू खुशी देखिएका आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले बताए । ‘अरु जातभन्दा यसको उत्पादन राम्रो छ । बाला राम्रो लागेको छ,’ उनले भने, &l

धानमा बाला नलागेर पीडित बनेका किसान पुनः आन्दोलित

२७ फागुन, काठमाडौं । समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बन्न पुगेका किसानहरु पुनः आन्दोलित भएका छन् । डीवाई २८ नामक हाइब्रिड धान पीडित उपत्यका वरपरका किसानहरुले शुक्रबार माइतीघर मण्डलामा विराेध सभा गरेका हुन् …

डीवाई–२८ जातको धानमा बाला नलागेका किसानले आजदेखि क्षतिपूर्ति पाउने

काठमाण्डाै - धानमा बाला नलागेर पीडित भएका किसानले आजदेखि क्षतिपूर्ति पाउने भएका छन् । काठमाण्डौको बूढानीलकण्ठबाट राहत वितरण सुरु हुँदैछ । यसअघि नै राहत रकम वितरण गर्ने भने पनि केही ढिलाइ भएको तर आजदेखि वितरण थालिने बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ । क्षतिपूर्तिका लागि छुटेकासहित ७ हजार आठ सय रोपनी क्षेत्र किटान भइसकेको र त्यसैअनुसार आजदेखि वितरण थालिने केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले बताउनुभयो । केन्द्रले डीवाई–२८ जातको धानमा बाला नलागेपछि बीउ आयात गर्ने कम्पनी काष्ठमण्डप ट्रेड पोइन्...

नक्कली बीउपीडित किसानको असन्तुष्टि- क्षतिपूर्ति थोरै तोकियो

३ मंसिर, काठमाडौं । धानमा बाला नलागेर पीडित किसानहरुले नक्कली बीउ बिक्री गर्नेलाई नै फाइदा हुनेगरी सरकारले क्षतिपूर्ति निर्धारण गरेको आरोप लगाएका छन् । गत मंसिर १ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले बीउ आयातकर्ताले नै पीडित किसानलाई प्रतिरोपनी २ हजार २५० रुपैयाँको दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको […]

चिनियाँ धानमा बाला नलागेका किसानले बिउ बेच्नेबाटै क्षतिपूर्ति पाउने

काठमाण्डाै : चिनियाँ धान (डिवाई–२८) जातको धानमा बाला नलागेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । डिवाई–२८ जातको धानको बिउ सिफारिस नगरेको क्षेत्र काठमाण्डौ, भक्तपुर, ललितपुरमा किसानले एग्रोभेटबाट बिउ खरिद गरी रोपेका थिए । बिउ आयात तथा वितरण गर्ने काठमाण्डौ कालिमाटीको काष्ठमण्डप ट्रेड प्वइन्टले किसानलाई क्षतिपूर्ति दिने गरी सहमति भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । धानमा बाला नलागेर क्षति भएको क्षेत्रका किसान, पालिकाका प्रतिनिधि, कृषि शाखा प्रमुख, व्यापारी, नार्क तथा बिउबिजन गुणस्तर...

बाला नलागेर पीडित किसानलाई बीउ बेच्नेबाटै क्षतिपूर्ति दिलाइने

२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा धानमा बाला नलागेका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिने तयारी गरेको छ । क्षतिपूर्तिका लागि प्रविधिक टोलीले क्षतिको तथ्यांक संकलन गरिरहेको बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र ललितपुरको संयोजकत्वमा गठित प्राविधिक समितिले अहिले अध्ययन गरिरहेको केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले बताए । ‘समितिको […]

कृषिमा बजार अर्थतन्त्रको प्रभाव कम गर

यो वर्षको धान खेतीमा काठमाडौं उपत्यका निकै ठगियो । निकै मेहनत गरेर धान रोपे पनि उपत्यकाका अधिकांश खेतमा धान फलेन । कारण धानमा बाला लागेन र केही स्थानमा बाला देखिए पनि पोगटा मात्र देखियो, दाना लागेन । उपत्यकाको १३ सय रोपनीभन्दा बढीको जमिनमा रोपेको धानबाट किसानले पराल मात्र भित्र्याउने भए । यसले गर्दा उपत्यकाका किसान […] The post कृषिमा बजार अर्थतन्त्रको प्रभाव कम गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

धानमा बाला नलागेका किसानले पाउने भए क्षतिपूर्ति

डिवाइ–२८ जातको धानको बिऊका कारण बाला नलागेका किसानले क्षतिपूर्ति पाउने भएका छन्।

डुबेको धान जोगाउन खाली ठाउँ या खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको पानीले धानबालीमा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमा उठाउन छुटेको धान बिग्रने चिन्ता छ । बाला पानीमा चुपुक्कै डुबेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा...