किन भएन मन्त्रिपरिषद विस्तार ? सरकारको चाबी माधव नेपालको खल्तीमा !

प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । आखिर किन हुन सकिरहेको छैन मन्त्रिपरिषद विस्तार ? ढिलासुस्तीको दोषी को हो ? काँग्रेस ? माओवादी ? जसपा ? माधव नेपाल ? वा अरु नै कोही ?सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । शुरुकै दिन माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्मा अनि काँग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाइएको थियो । पछि प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग स

सम्बन्धित सामग्री

बालुवाटारमा गठबन्धनको बैठक सुरू, संसद, मन्त्रिपरिषद र एमसीसी मुख्य एजेण्डा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ ।  संसद सञ्चालन, मन्त्रिपरिषद विस्तार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतको विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएको बताइएको छ ।  प्रधानमन्त्री निवासमा भइरहेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेपालगञ्जबाट आज ...

३६ वर्षीया रचनाको जिम्मामा बागमतीको ढुकुटी

पूराना नेताहरुलाई पछि पार्दै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा युवा नेतृ रचना खड्काले पाएकी छिन् । यसको औपचारिक रुपमा जानकारी भने आज साँझसम्म आउने छ । तर, खड्का आर्थिक मामिलामन्त्री बन्ने पक्का भईसकेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्दै खड्कालाई आर्थिक मामिलामन्त्री बनाउन लागेकी हुन् । बुधबार दिउँसोका लागि सपथको समय तय भएको छ । नेकपा एमाले भित्र आन्तरिक विवाद चुलिएका समयमा माधव नेपाल निकट रहेकी रचना पार्टी विभाजनमा माधबलाई साथ दिन नसकेर एमालेमै रहिन् । माधव नेपाल समूहले बनाएको समानान्तर कमिटीमा उनी बागमती प्रदेश कमिटी सचिव पनि बनिन् । तर औपचारिक रुपमा पार्टी विभाजन भएपछि उनी एमालेमै बसेकी हुन् । शाक्य नेतृत्वको क्याबिनेटमा उनी सबैभन्दा कान्छी मन्त्री बन्ने छिन् । २०४१ साल असार ५ गते जन्मिएकी खड्का २०५५ सालबाट राजनीतिमा प्रवेश गरेकी हुन् । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का २०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष बनिन् । २०५६ सालमा प्रारम्भिक कमिटीको अध्यक्ष र त्यही वर्ष जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन् ।२०५७ सालमा जिल्ला सचिव भएकी खड्का २०५९ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष बनिन् । अनेरास्ववियुको १६औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएकी उनी १७औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भईन् । १८औं र १९औं सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि पूरा गरिन् ।अखिलको २०औं राष्ट्रिय सम्मेलनमा सचिवमा निर्वाचित भएकी रचना एमालेको ९औं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य जितिन् ।

भोलि मन्त्रालय बाँडफाँड, पर्सि मन्त्रिपरिषद् विस्तार, को–को बन्दैछन् मन्त्री ?

सरकार विस्तारको गाँठो फुकाउन राजनीति दलका नेताहरू छलफलमा जुट्न थालेका छन् । सरकार बनेको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।  मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरू अलपत्र पर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।  एमालेबाट विद्रोह गरेको माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउने उद्देश्यले सत्तारूढ गठबन्धनले सरकार विस्तारमा ढिलाइ गरेको थियो । माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि पाँचदलीय गठबन्धन...

फराकिलो बन्दै ओली र नेपालको फरक–फरक बाटो

तेस्रो धारमा रहेका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने केपी शर्मा ओलीको योजना पूरा भएसँगै नेकपा एमालेले आफ्नो बाटो तय गरेको छ । सँगै नेकपा एकीकृत समाजवादी गठन गरेर गठबन्धन सरकारमा सहभागी हुने माधवकुमार नेपालको लक्ष्य पनि पूरा हुँदैछ । निर्वाचन आयोगले प्रक्रिया पुर्याएर आज बुधबार नै नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ता भएपछि नेपाल नेतृत्वको पार्टीले आफ्नो लय समात्नेछ । अनि माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बाटो पर्खेर बसेका प्रधानमन्त्री...

प्रधानमन्त्री देउवाको सारथीमा महामन्त्री खड्का, विमलेन्द्र निधिलाई बेवास्ता

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नको लागि हतार नगर्ने भएका छन् । सबै पक्षलाई समेटेर अघि बढाउनेगरि उनी आन्तरिक गृहकार्यमा जुटेका छन् । माओवादी केन्द्र, जसपा र नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चाको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले सकेसम्म सबैलाई सरकारमा समावेश गराउन चाहेका छन् । […]

माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको पर्खाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद  विस्तार गरिसक्ने योजना बनाएका थिए । तर, माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन ।प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी ग...