झापा। यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेष्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लव विजयी बनेको थियो । आर्र्मी क्लबले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा एभरेस्ट लुम्बिनी क्लबलाई पराजित गरेको थियो । […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा आगामी फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ, सोह्रखुट्टेस्थित नयाँ बजारकी एक ५८ वर्षीया महिलालाई एक वर्षअघिदेखि नै टाउको दुख्ने र चक्कर लाग्ने भइरहन्थ्यो। सुरु सुरुमा उनले यसलाई खासै ठूलो समस्या मानिनन्। तर, समस्या बढ्दै गएपछि भने ६ महिनाअघि अस्पताल पुगिन्। त्यतिबेला उनी छाँगाबाट खसेझैँ भइन्। उनलाई क्यान्सरजन्य ब्रेन ट्युमर भएको थियो, त्यो पनि चौथो स्टेजको। ६ महिनायता उनी वीर र निजामती […]
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री डा […]
१९ मंसिर, काठमाडौं । सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।
आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् । …
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कफी पार्टनरको रूपमा जोडिएको आउटडोर कफीले रंगशाला भरिएका दर्शकबीच नेपाली स्वादको कफीलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ। खेल हेर्न आउने हजारौँ क्रिकेटप्रेमीलाई प्रत्यक्ष रूपमा स्थानीय कफीको स्वाद चखाउँदै ब्रान्डले नेपाली कफीलाई राष्ट्रिय स्तरमै पहिचान दिने अभियान अघि बढाएको छ। कफी उद्योग विस्तारसहित देशभरका उपभोक्तामा ‘नेपाली कफीको स्वाद र […]