माओवादीको बन्दसत्र भोलिसम्मलाई स्थगित, सहमतिबाटै केन्द्रीय कमिटी चयनको प्रयास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ । सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भन्दै बन्दसत्र भोलिसम्मका लागि स्थगित गरिएको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जनाएको छ । यसअघि, नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित...