बालुवाटारमा विप्लव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। विप्लव बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भूमिगत गतिविधिमा रहेको बेला नेकपाका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने चर्चा भइरहेको बेला विप्लव प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्।

सम्बन्धित सामग्री

बझाङमा विप्लव नेकपाको राँकेजुलुस

बझाङ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेकपाले बझाङको सदरमुकाम चैनपुरमा राँके जुलुस निकालेको छ।अहिले साँझ एमसिसी मतियारहरूलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले राँके जुलुस निकालेको हो। देशमा राष्ट्रघाती सम्झौता गर्ने यी दलहरूलाई नेपाली जनताले अब उप्रान्त मतदान नगर्न पनि विप्लव नेतृत्वको नेकपाले आग्रह गरेको छ।

विप्लव फेरि महासचिव

नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् ।

एमसिसीविरुद्ध विप्लव नेकपाको प्रदर्शन

काठमाडौं : विप्लव नेकपाले एमसिसीको विरोध गर्दै आज (सोमबार) राजधानी काठमाडौंस्थित एमसिएको कार्यालय अगाडि प्रदर्शन गरेको छ।रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भएको विप्लव नेकपाको जुलुस दरबारमार्गस्थित एमसिएको मुख्यालय अघि पुगेर प्रदर्शन गरेको हो।प्रदर्शनको नेतृत्व विप्लव नेकपाका केन्द्रीय नेता माइला तामाङले गरेका छन्।प्रदर्शनका तस्वीरः

विप्लव उदयपुरको रौतामा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) उदयपुरको रौतापाखेरी पुगेका छन्।

‘विप्लव’ र ‘बादल’बीच भेटवार्ता

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बादलको निवास जोरपाटीमा भएको भेटमा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागि थिए । आजै विप्लव र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच पनि दिउँसो भेटवार्ता भएको थियो । विप्लवले पछिल्लो समय सबै दलका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

विप्लव र बादलबीच भेटवार्ता

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ। पूर्वमाओवादी नेता 'बादल'लाई भेट्न विप्लव नेताहरू खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरसहित उनको निवासमा पुगेका थिए। सशस्त्र युद्धमा सहभागी दुवै नेताहरू तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा सँगै थिए। पछिल्लो हप्ता विप्लवले नेताहरुसँगहरुको भेटघाटलाई तीव्रता दिएका छन्।

विप्लव र बादलबिच भेट

काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व गृहमन्त्री राम बहादुर थापा बादलसँग भेट गरेका छन् । विप्लव र नेता खड्गबहादुर विश्वकर्मा बादललाई भेट्न शनिवार उनको निवासमा पुगेका थिए । पछिल्ला केही दिन यता विप्लवले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, […]

विप्लव र प्रचण्डबीच भेटवार्ता, के के भयो कुराकानी?

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बुधबार भेटवार्ता भएको छ।प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका हुन्।ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। बैठकमा विप्लव नेकपाको केन्द्रीय कमिटीको निर्णयअनुसार जनमतसंग्रह हुँदै समाजवादमा जानेबारे छलफल गरिने निर्णय भएको विप्लव नेकपाका केन्द्रीय कमिटी सदस्य दीपक चला

शान्तिमार्गमा विप्लव

प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै सरकारसँग तीनबुँदे सहमतिसमेत गरेको छ । यसअघि, सरकारले २८ फागुन २०७५ मा ‘राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरी’ सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूहका थुनामा रहेका नेता–कार्यकर्ता छाड्ने […] The post वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.