इलाम : मनाङ मर्स्याङदी क्लबले इटहरीमा जारी १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी शुरुवात गरेको छ। इटहरी रंगशालामा भएको दोश्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले हराउँदै मनाङले सुखद शुरुवात गरेको हो।मनाङको जितमा अफ्रिकी खेलाडी अफिज ओलावले नायक बने। खेलको दुवै गोल उनले गरेका थिए। पहिलो हाफको १६ औं मिनेटमा अफिजले शुरुवाती अग्रता दिलाएका थिए। शिशिर लेखीको क्रसपासमा अफिजले जाली चुमाए। पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १