मंसिर ४ गते विहान ४ बजेदेखि गाडी नचल्‍ने

३० कात्तिक, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त […]

सम्बन्धित सामग्री

जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्नो संसदीय दलको नेतामा रामसहाय प्रसाद यादवलाई चयन गरेको छ। संसदीय दलको नेतामा अन्यले उम्मेदवारी नदिएपछि यादव निर्विरोध निर्वाचित भएका हुन्। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा जसपाका ७ जना उम्मेदवार विजयी भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटी सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

समानुपातिक सांसद छान्न राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौं, मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसद चयन गर्न भोली शनिबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभातर्फ कासमानुपातिक सांसदको नाम टुङ्गो लगाउने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । उक्त बैठकमा गत मंसिर ४ गते […]

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौं सुरु

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । विहीबार विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो ।प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ । जनम

ललितपुर २ मा एमाले शीर्षस्थनमा, दोस्रोमा लौरो

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु हुन थालेको छ । यस क्रममा ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणना प्राप्त भएको छ । विहान ६ बजेसम्मको गणना अनुसार सो क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जन १३१७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई १०९७ मत सहित हाम्रो नेपाल पार्टी (लारो)का डा. सुनील शाक्यले …

एक सय ६५ स्थानका लागि दुई हजार चार सय ७४ को उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ स्थानका लागि कुल दुई हजार चार सय ७४ जना प्रतिस्पर्धामा छन् विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएकामध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार विहान १० बजेबाट …

सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनका नेता छलफलमा

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा चलिरहेको छ । मंगलबार अपराह्न ४ बजेदेखि कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । सिट बाँडफाँटबारे मंगलबार विहान पनि कार्यदलका सदस्यसहित शीर्ष नेताबीच सामान्य छलफल भएको थियो ।  एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार अहिले ठोस सहमति जुटाउने प्रयास भइरहेको छ । ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै स

चुनावमा माओवादी र नेकपा समाजवादीको एउटै घोषणापत्र बन्ने

पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा दुई पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका हुन् । मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात

चुनाव घोषणापछि गठबन्धनको बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय  गरेको थियो ।निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छन् । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।बुधबार साँझ प्रधा

सत्ता गठबन्धनको बैठक भोलि, सीट बाँडफाँडको मोडालिटी बनाउने

सत्ता गठबन्धनको बैठक भोलि (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताए । भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्