अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ । 'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ ।' यादवले भने-'वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी गर्ने मुख्य योजना रहेको छ र तातो र छिटो खाना, खाजा पुर्याउन हामी कटिबद्ध छौँ ।' भोजमाण्डूल