काठमाडौं। जेन-जी आन्दोलनबाट खण्डहर बनेको पार्टी मुख्य कार्यालय निरीक्षणमा बुधबार ललितपुरस्थित सानेपा पुगेका थिए पूर्णबहादुर खड्का। पार्टीमा पहिलो वरीयताको उपसभापतिसमेत रहेका खड्काले केही समय पार्टी कार्यालयमा बिताए। यतिबेला उनै खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर सभापति शेरबहादुर देउवालाई पार्टीबाट बिदा गर्नुपर्ने माग उठेको छ। तर‚ खड्का भने पार्टी नेतृत्व लिएर रूपान्तरणमा जान तयार देखिँदैनन्। उनी सभापति देउवाबाटै […]
च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको नेपाल मेडिसिटी अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेकी हुन्।
काठमाडौँ- 'हामी नेपाल'का संयोजक सुदन गुरूङले आफूलाई कसैले पछ्याएको दाबी गरेका छन्। उनले इन्स्टाग्राममा एक भिडियो राख्दै आफूलाई कसैले पछ्याएको बताएका छन्।
काठमाडौं। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यही असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल […]