काठमाण्डाै - नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ ।
यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी रहेका नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९औँ अभ्यास भइसकेको छ ।
संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यास...