पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली

एजेन्सी – पाकिस्तान २ सय टि२० आई खेल खेल्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ । आइतबार राती सात टि२० आई खेलको सिरिज अन्तर्गत चौथो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध खेल्दै पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली बनेको हो । २००६ देखि टि२० आई खेल खेलेको पाकिस्तानले २ सय खेलमा १ सय २२ मा […]

सम्बन्धित सामग्री

नेपालले खेल्ने भारत र पाकिस्तानविरुद्ध खेलको टिकट मूल्य कति ?

एजेन्सी – नेपालले दुई साता पछि एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा भदौ १३ (आगष्ट ३०) मा हुनेछ । भारतसँगको खेल भने श्रीलंकामा हुनेछ । भदौं १८ (सेप्टेम्बर) ४ मा नेपालले श्रीलंकाको कान्डीमा भारतसँग खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग […] The post नेपालले खेल्ने भारत र पाकिस्तानविरुद्ध खेलको टिकट मूल्य कति ? first appeared on हाम्रो खेलकुद.

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं : आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्ने पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ।एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो।आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ। यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ।प्रतियोगिताका १३ खेलमध्ये ४ खेल पाकिस्तानमा हुनेछन् भने बाँकी

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् । अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने छ । सुपर फोर अन्तर्गत यी दुई टिम भिड्न लागेका हुन् । यस अघि गत आइतबार पनि समुह चरणमा यी दुई टिम एक आपसमा भिडेका थिए । सो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । एकै समुहमा रहेका भारत र पाकिस्तान क्रमश समुह बिजेता र समुह उपबिजेता हुँदै सुपर फोरमा प्रवेश गरेका हुन् । अर्को समुहबाट अफगानिस्तान र श्रीलंका सुपर फोरमा प्रवेश गरेका छन् ।  सुपर फोरमा रहेका ४ वटा टिमले सबै टिमसँग एक -एक खेल खेल्ने छन् ।  सबै टिमले सबै टिमसँग १ खेल खेलेपछि शिर्ष स्थानमा रहने २ टोली बीच फाइनल खेल हुने छ ।हिजो शनिवार सुपर फोर अन्तर्गत भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । आज सुपर फोर अन्तर्गतको दोस्रो खेलमा चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्न लागेका हुन् ।

साफ च्याम्पियनशिप खेल्न काठमाण्डौ आइपुग्यो भारत र बङ्ग्लादेशको टोली

काठमाण्डाै – महिला साफ च्याम्पियनशिप फुटबल खेल्न भारत र बङ्ग्लादेशको टोली काठमाण्डौ आइपुगेको छ । दुवै देशको महिला फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्यले स्वागत गरेका छन् । महिला साफ च्याम्पियनशिप आउँदो मङ्गलवारदेखि दशरथ रङ्गशाला काठमाण्डौमा सुरु हुँदैछ । नेपाल, भुटान र श्रीलङ्का समूह 'बी' मा रहेका छन् । भारत, पाकिस्तान, माल्दिभ्स र बङ्ग्लादेश समूह 'ए' मा रहेका छन् । नेपालले आउँदाे मङ्गलवार बेलुका साढे ५ बजे भुटानसँग उद्घाटन खेल खेल्ने...