मौसममा हुने तापक्रम र आद्रताको फेरबदलका कारण भाइरसहरु सक्रिय हुन्छन् । केही दिनयता मौसम छिनछिनमा बदली भैरहेको छ । जसका कारण रुघाखोकीका बिरामीहरु बढेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम पनि उत्तिकै छ । लक्षण लगभग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी वा कोरोना के लागेको हो भनिहाल्न गाह्रो हुन्छ । तर केही लक्षणको आधारमा कोरोना वा रुघाखोकी के लागेको हो भनेर अनुमान गर्न सकिन्छ । उच्च ज्वरो आउने, स्वाद थाहा नहुने, श्वास फेर्न गाह्रो हुने, खोकी बढ्ने, अक्सिजनको मात्रा कम हुने लगायतका लक्ष्यण देखिएमा कोरोना ...