चैते धान भित्र्याउनेसँगै बर्खे धान रोप्ने तयारीमा कैलालीका किसान

जेठ २८, कैलाली । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महीनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।  फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरेका किसान घरघरमा धान भित्र्याउनमा व्यस्त छन् । अधिकांश किसानलाई चैते धानबाली भित्र्याई बर्खे धान बाली लगाउनु पर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्र्याउन हतार भएको हो ।  भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेका छन् । उनले लगाएको धान अहिले पाकेर सुन झैँ पहेंलो देखिएको छ । ‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’, धमलाले भने, ‘खेतमा पानी पसिसकेको छ ।’  अर्का किसान इन्द्र धमलालाई पनि धान समयमै भित्र्याउने उत्तिकै हतार छ । उनले १० कठ्ठा जमीनमा चैते धान रोपेका छन् । चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाईँभन्दा धान भित्र्याउनमा हतार भइरहेको उनको भनाइ छ । ‘यतिखेर हामी चैते धान भित्र्याउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर संकलन गर्न सम्भव छैन’, धमालाले भने, ‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्र्याउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षात्को पानीले धान जोगाउने गरेका छौँ ।’ उनीहरु जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसानलाई अहिले घरमा धान भित्र्याउन हतार छ । चैते धान बर्खे धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्र्याउन वर्षात्को समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ ।  छिट्टै रोपाइँ गरेका किसानहरु अहिले धमाधम धान भित्र्याइ रहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्र्याउने गर्दछन् । ‘भजनीमा अधिकांश किसानले चैते धान खेती गर्छन् । जसको कम डुबान हुन्छ उनीहरु बर्खे धान पनि रोप्छन्’, किसान राधेश्याम चौधरी भन्छन्, ‘जमीन धेरै डुवानमा पर्ने किसानले बर्खे धान खेती गर्न सक्दैनन् । उनीहरुको अन्न भनेकै चैतमा रोपेको धान हो ।’  यहाँका किसानले खेतको धान काटेर सडकमा बोक्ने र सोही दिन सडकमै धान थेसिङ गर्ने गरेर घर भित्र्याउने गर्दछन् । यहाँका किसानलाई मनसुन शुरु हुने समय नजिकिएपछि झन् हतार भएको छ । भजनीमा करीब ४०० बिघा क्षेत्रफलमा यसवर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्यांकमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् । ‘किसानलाई खेतीमा आत्मनिर्भर बनाउन, वापर टिल, मल, बीउ जस्ता कार्यमा अनुदान र सहयोग भइरहेको छ’, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भने, ‘बर्खे धान खेतीभन्दा चैते धान खेती यहाँका किसानको रोजाइ बनेको छ ।’ कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । यहाँ बर्सेनि बाढी र डुवानको समस्या हुन्छ । बाढी र डुवान हुने भएकाले यहाँका अधिकांश किसानले वर्षात्मा खेती गर्दैनन् ।  बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमीन बगर समेत बनेको छ । बगर बनेको जमीनमा यहाँका किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । रासस

सम्बन्धित सामग्री

सल्यान कालिमाटीका किसानलाई चैते धान भित्र्याउन चटारो

सल्यान : जिल्लाको कालिमाटी गाउँपालिकाका किसानहरू चैते धान भित्र्याउन व्यस्त छन्। राम्रो फलेको भन्दै उत्साहका साथ किसानहरू चैते धान भित्र्याउन सक्रिय भएका हुन्।खेतमा धान झपक्क फलेको भन्दै आफूहरूलाई धान भित्र्याउने चटारो रहेको कालिमाटी गापा-५ का वडाध्यक्ष टोपबहादुर कार्कीले बताए। यो वर्ष १० रोपनी क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै उनले भने, ‘कतिपयको धान पाकिसक्यो, कतिपयका खेतमा लहलह बाला झुलेका छन्।’एक वर्षमा चार बाली लगाउँदै आएको बताउँदै किसान मानबहादुर खत्रीले चैते धान भित्र्याउ

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको […]

दाङका किसानलाई चैते धान रोप्ने चटारो (तस्वीरहरु)

६ वैशाख, दाङ । चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ । यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल घर्ती मगरलाई भने खेतमै भ्याइ नभ्याई छ । उनी र उनको परिवार अहिले चैते धान रोप्न जुटेका […]

चैते धान रोप्न किसानलाई चटारो

दाङ-बंगलाची गाउँपालिका ४ डाबर निवासी किसान भरत थापा अहिले चैते धान रोप्न व्यस्त छन् । उनलाई चैते धान रोप्ने खेत मिलाउन भ्याइ नभ्याई छ ।सुकाखोलाको पानीले सिञ्चित भएको खेत दाईसँगै भरतले रोप्नका लागि तयार गरिरहेका थिए भने खेतमा वर्षादको समयमा जस्तै रोपारहरुलाई धान रोपाईँको चटारो थियो । उनले करिव साढे सात रोपनी खेतमा चैते धान […]

चैते धानमार्फत सामूहिक खेतीमा जोडिँदै सुरौदीका किसान

गण्डकी । गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झन्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न व्यस्त देखिन्छ । अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका कारण खेत तथा बारी बाझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोप्न लागिपरेका […]

दाङमा चैते धान रोप्ने चटारो

दाङ – दाङका केही भेगमा चैते धान रोपाइँको चटारो छ। बंगलाचुली गाउँपालिका–३ र ४ का किसान चैते धान रोप्न व्यस्त भएका हुन्। खोला छेउका खेतमा चैते धान रोप्दै आएका कृषकले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिएका छन्। धान रोप्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन्। खेतालाका लागि बिहान र दिउँसोको खाना, खाजा खेतमै […]

पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त

पाल्पा । पाल्पा फाँटहरुमा अहिले चैते धान रोप्ने चटारो छ । विषेश त खोला खेतमा चैते धान रोपिनछ । कतै हलगोरु र कतै ट्याक्टरले रोपाई गर्न किसानहरु व्यस्त छन् । सिंचाई सुविधा भएका खोला खेतहरुमा चैते र बर्षे गरी दुई पटक धान रोप्ने गरिन्छ । फागुन महिनामा बीउ राखेर चैतमा रोप्ने हिउँदे धान साउनमा पाक्ने […] The post पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

गौरादहमा चैते धान रोपाँइ

दमक, २६ फागुन । झापाको गौरादहका किसान चैते धान रोप्दै । यहाँका किसान यतिवेला धान रोप्न व्यस्त छन् । तस्बिरः यज्ञराज आङदेम्बे÷रासस

बाँकेका किसान चैते धान फलाउन सफल

बाँके – बाँकेका किसान पहिलो पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरूले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि आकर्षित भएका छन् ।  पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएकाे छ । बर्दियाका किसान एक दशक अघिदेखि चैते धानतर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यस वर्ष भने बाँकेका किसानले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उ...