काठमाडौं: चालु आर्थिक वर्षमा निर्यात ८२ दशमलव ९ प्रतिशतले बढ्दा आयात पनि ३८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक सर्वेक्षण २०७८/७९ को अनुसार गत फागुनसम्ममा कुल निर्यात बस्तु वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो। यस आर्थिक वर्षमा पाम र सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, जडिबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ।&nbs