ट्रम्प प्रशासनले कागजातविहिनलाई लगाएको दैनिक १ हजार डलर जरिवानाविरुद्ध मुद्दा दायर गरिएको छ । होमल्याण्ड सेक्युरिटीले देशनिकालाको आदेश पाइसकेका आप्रवासीहरुलाई दैनिक १ हजार दरले जरिवाना पठाइरहेकोमा नेपालीहरुले समेत त्यस्तो जरिवानाका पत्रहरु प्राप्त गरिरहेका छन् । कतिपयले १ दशमलव ८ मिलियन डलरसम्मको जरिवाना पत्र प्राप्त गरिरहेको सन्दर्भमा उक्त जरिवाना विरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो । […]
५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्स । दुवै खेलमा टस आफ्नो पक्षमा रहेन । तर दुवै खेल जित्यो । पोखरा एभेन्जर्स दुवै खेलमा टस जित्यो तर खेल गुमायो ।
यी दुई टिमको हकमा हेर्दा टस जित्नेले खेल …
बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुखसँगको छलफलका लागि यहाँ आउनुभएका उहाँले प्रदेश सरकारले कमिसनका आधारमा आयोजना बाढिएको प्रमाण भेटिएमा कुनै पनि हालतमा कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाए । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री […]
मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ। नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो। विशेष गरेर व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ती औजारले राहत पुग्ने नगरप्रमुख गोपाल बुढाथोकीले विश्वास व्यक्त गरे। […]
काठमाडौँ। सिनियर विश्व कराते च्याम्पियनसिपको २७औँ संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको कायरो जाने भएको छ। २७ देखि ३० नोभेम्बरसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, […]