योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउने भएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु यहाँ आउने भएको आचार्य वालकृष्णका भाइ डा.पवमान सुवेदीले जानकारी दिए ।स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु यहाँ आउन लागेको सुवेदीले बताए ।“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उनले भने, &